• २०८३ असार ९
  • 2026 June 23, Tuesday

देशलाई एकताबद्ध बनाएर लैजाने वातावरण बनेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा कम्युनिस्ट आन्दोलनका पुराना नेता भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिष्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले करिब राष्ट्रिय सहमतिबाटै आफूले सदनबाट विश्वासको मत पाएको भन्दै सिंगो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको बताएका छन् ।

सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आएको र प्रतिनिधिसभाको बैठकमा आफूलाई अभूतपूर्व विश्वासको मत प्राप्त भएको उनले बताए । उनले आफूलाई सबैको समर्थन रहनु गौरव र चूनौति ठानेको जिकिर गरेका छन् । प्रचण्डले गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा निर्वाचित भएकाले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले भुवन श्रेष्ठको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको र झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको बताए् ।