• २०८३ असार ९
  • 2026 June 23, Tuesday

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, भाेलि शाेक बिदा

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।

त्यस्तै, सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बाेलाएका थिए ।