• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना (अपडेट) : ६४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।

मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए।

अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए।

जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।