• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना (अपडेट) : मृतक पाँच जनाको परिचय खुल्यो

पोखरा । पोखरामा भएको विमान दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ।

तीमध्ये ५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले बताए।

लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिए।