• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना : लोकगायिका निरा छन्त्यालको मृत्यु

काठमाडौं । पोखरा विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ। काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको विमानमा परि बाग्लुङकी छन्त्यालको ज्यान गएको छ ।

उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्।

दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्।

उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्।

‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।

गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए।