• २०८३ असार ९
  • 2026 June 23, Tuesday

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिएपछि दोस्रो पटक बालकोटमा, आज बालकोटमै दिवा भोज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । सत्ता साझेदार दलमध्ये ठूलो दलका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी ओली निवास पुगेको ओलीको सचिवालयले जनाएको छ ।

यसअघि ओली र प्रचण्डबीच बालुवाटार र बालकोटमा पटक पटम छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।

राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् ।

प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ ।