धनगढी । सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बिहान बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बैठक स्थगित गरेको हो ।
मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ ।सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।