• २०८३ असार ९
  • 2026 June 23, Tuesday

बालकोटमा प्रचण्ड बाहिरिए, विष्णु पौडेल भित्रिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बेलामा उपप्रधानमन्त्री पौडेल बालकोट पुगेका थिए ।

प्रचण्ड र ओलीबीच करिब पाँच घण्टा भएको छलफलमा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा सरकारले आजै पूर्णता पाउने बताएका थिए ।