• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना : थप १ जनाको शव फेला, १ जना अझै बेपत्ता

पोखरा । आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो ।

यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

उनको पहिचान हुन बाँकी छ ।