काठमाडौं । भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्षको अवसरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।
भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली सांगीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस पनि मनाइएको थियो ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति रहेको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री श्रीमती विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा कर्नाटिक २.० सांगीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको थियो । त्यस्तै नेपाली सांगीतिक समूह कुटुम्बले नेपाली मौलिक सब्गीत प्रस्तुत गर्यो । दुई साब्गीतिक समूहले “तालको पानी माछीले खानी…” बोलको नेपाली लोक गीत पनि एक साथ प्रस्तुत गरेका छन् ।

भारतीय साब्गीतिक समूह कर्नाटिक २.० ले कर्नाटक सब्गीतको विभिन्न रागलाई पश्चिमा संगीतसँग संयोजन गरी संगीतमा नयाँ प्रयोग गर्दै आएको छ । कुटुम्ब विभिन्न नेपाली लोक बाजा प्रयोग गरी नेपाली मौलिक संगीतलाई संरक्षण एवम् प्रवर्धन गर्न समर्पित सांगीतिक समूह हो । कर्नाटिक २.० ले भोलि शनिबार पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
