काठमाडौं । बानेश्वर स्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन्।
मंगलबार दिउँसो उनले आफैंलाई आगो लगाएका थिए ।
बानेश्वरबाट तीनकुने जानेको सडकमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
मुख्य सडककै बीचमा आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिई अस्पताल पुर्याएको छ ।
आगो लगाउने व्यक्तीको परिचय र कारण भने खुलिसकेको छैन् ।