• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

तरकारी र फलफूलको मूल्य कति छ बजारमा ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।

समितीकाअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्तला १२५ रुपैयाँ तोकिएको छ ।

रातो आलु ३० रुपैयाँ, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, कायम रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग र भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ८० र हरियो धनियाँ १०० रुपैयाँ रहेको छ ।