काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो।
राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ।
राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन।
