
काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ । केहि दिनयता बढिरहेको सुनको मूल्य आज भने प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।
बिहीबार तोलामा ७ सय रुपैयाँले बढेर अहिलेसम्मकै महङ्गो भएको सुन आज ११ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।