बन्द सरकारी वेबसाइट खुले

काठमाडौं । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।

सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो ।

अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१