पोखरामा आत्मदाह प्रयास गरेका पुरुषको अवस्था सुधारोन्मुख, बचाउन खोज्ने महिला गम्भीर

पोखरा । पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले शरीरमा पेट्रोल छर्केर आफैलाई जलाउन लागेका हुन् ।

शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने क्रममा उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटाले पेट्रोलको बोतल खोस्दा घरधनीको शरीरमा नै पेट्रोल पोखिदा जलेकी हुन् ।

आज विहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए ।

महिलाको ८० प्रतिशत शरीर जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ भने पुरूषको २५ प्रतिशतमात्र शरीर जलेको छ उनको इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।

कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् । प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१