
धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना कैदी फरार भएका छन् ।
धनुषाको सखुवामा रहेको जेलमा राति ६ जना अभियुक्त जेलनै तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्त भागेका हुन् ।
डीएसपी क्षेत्रका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् । फरार भएकाहरूको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए ।
इलाका प्रहरीको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।