
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा रेष्टुराँलाई कारबाही गरेको छ । सोमबार बजार अनुगमनका क्रममा विभागले एक/एक लाख रुपैयाँ नगद जरिवाना गरेको हो ।
विभागले काठमाडौंको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो। यी दुई रेष्टुराँले रेष्टुराँ दर्ता नगरेको भेटिएपछि एक/एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
होटल तथा सेवा क्षेत्रअन्तर्गत पर्छन्, सोही अनुसार घरेलु कार्यालयमा दर्ता भएको हुनुपर्ने विभागका अनुगमन अधिकृत ध्रुव खनालले बताए ।
यस्तै, सिनामङ्गलमा पाँच वर्षदेखि सञ्चालित बाजेको सेकुवाले समेत व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ। विभागको आज कारबाही गरेका होटल तथा रेष्टुराँले तोकिएको जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ।