काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएकाे बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए ।
ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि? भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए ।
उनले भने, ‘पहिला रविजी गृहमन्त्री हुनुभयो । गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो । अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो ।’