साफ यू–२० महिला च्याम्पियनसिप फाइनल आज : नेपाल र बंगलादेश खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फाइनल खेल आज हुदैछ । नेपाल उपाधिका लागि घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१