राष्ट्रपतिले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्छः सांसद शाही

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

साथै उनले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही गर्न पनि माग गरेका छन्।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु। साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्,‘यो प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिक लाई कुटपिट गर्नु र त्यसमाथि अति संबेदनशिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनीय कार्य हो।’

शुक्रबार शुक्रबार राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनबाट सम्बोधन गरेर फर्किने क्रममा सडकमा आवतजावत रोकेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकलाई अटेरी गरेको भन्दै कुटपिट गरेको थियो।

कुटपिटबाट घाइते चिकित्सकको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१