बिहेबाट फर्किंदै गर्दा भिरबाट लड्दा एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको उनले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१