• २०८३ साउन ८
  • 2026 July 24, Friday

आज अत्यावश्यक बैंकिङ सेवा खुला रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ।

राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।