अमेरिका र क्यानडापछि चीनको आकाशमा देखियो अज्ञात वस्तु, खसाउने तयारी

काठमाडाैं । चीनको तटवर्ती शहर छिङताओको आकाशमा पहिचान खुल्न नसकेको एउटा वस्तु उडेको पाइएपछि त्यसलाई खसाउने तयारी भइरहेको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।

त्यहाँको जिमो डिस्ट्रिक्टको मरिन विकास प्राधिकरणका एक कर्मचारीले उक्त वस्तुलाई अधिकारीहरूले खसाउने तयारी गरिरहेको जानकारी दिए ।

उक्त क्षेत्रमा माछा मार्नेहरूलाई सुरक्षाको विषयमा ध्यान दिन भनिएको छ ।

गत तीन दिनमा अमेरिका र क्यानडाको आकाशमा निकै उचाइमा वस्तुहरू उडिरहेको पाइएपछि तिनलाई खसाइएको छ ।

गत ४ फेब्रुअरीमा खसाइएको बलून चाहीँ चीनले जासूसीका लागि पठाएको वाशिङटनको दाबी छ ।

बेइजिङले चाहिँ त्यो मौसम निगरानी गर्ने वस्तु भएको र त्यो आफ्नो बाटो छोडेर अन्तै लागेको बताएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१