कुशल भुर्तेलको शतकमा नामिबियाविरुद्ध नेपालकाे ऐतिहासिक जित

काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध ऐतिहासिक जित निकालेको छ ।

ओपनर कुशल भुर्तेलको शतकमा नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो ।

जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले चेज गरेको र बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१