• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आज नेपाल र भारत मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछन् । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

नेपाल गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । नेपाल र भारत अन्तिम पटक काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए ।

दुई फरक समूहमा रहेकाले नेपाल र भारतको भेट सेमिफाइनलमा भएको थियो । जहाँ नेपालले भारतलाई १-० गोलको नतिजामा पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपाली टिमले अन्तिम खेल शनिवार खेल्नेछ ।

नेपाली टीम

गोलकिपरस् एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरस् हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक