घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहिबार सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला छ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३ हजार र तेजाबी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१