दाङमा ग्यास सिलिण्डर पड्किदा दुई जना घाइते

काठमाडौं। दाङमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – १६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर – १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ । उनीहरुको उपचार भईरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१