• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मा शान्तिका लागि ३ दिने महायज्ञ

काठमाडौं । विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सुरू गरिएको छ ।

यती एयरलाइन्स र तारा एयरलाइन्सले पशुपति क्षेत्रमा सञ्चालन गरेको महायज्ञ ३ दिनसम्म सञ्चालन हुनेछ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्माको शान्ति र भावी घटना निवारणको कामना गर्दै उक्त महायज्ञ सञ्चालन गरिएको हो ।

पछिल्लो समय माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयर एटीआर जहाज पोखरामा दुर्घटना हुँदा चालक ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।