
काठमाडाैं । शिवरात्रीमा हुने चहलपहललाई मध्यनगर गर्दै ट्राफिक प्रहरीले सवारी साधनको डाइभर्सन तोकेको छ।
आज रातिदेखि नै गौशाला क्षेत्रमा हुने चापलाई मध्यनजर गर्दै गौशाला भएर जाने सवारीको रुट तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तो छ, सवारीमार्ग निर्धारण
बस तथा माईक्रोबसहरू
-रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने ।
-रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने ।
-कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने।
माइक्रोबस तथा टेम्पोहरू
-सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।
-जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने।
मालवाहक सवारी साधनहरू
-जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंज तर्फ जानु पर्ने।
-कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने।
-कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।
-महाराजगंज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।
-कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।
पार्किङ्ग
१. तीलगंगा आंखा अस्पताल अगाडी – तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरु।
२. देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल :- पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र।
३. सिफल चौर :- पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू।
४. गुह्येश्वरी पारी :- गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू।
५. वनकाली क्षेत्र :- महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु।