उपायले सुरु गर्‍याे ट्रक चालकहरुका निम्ति विश्राम केन्द्रयुक्त ‘उपाय स्टेशन’

काठमाडाैं । नेपालकाे अग्रणी लजिस्टिक कम्पनी उपायले प्रविधि र पूर्वाधारमा लगानी गर्ने याेजना अनुरुप विराटनगरमा उपाय स्टेशन सञ्चालनामा ल्याएकाे छ ।

करिब तीन बिघा क्षेत्रफलमा रहेकाे उपाय स्टेशनमा ड्राइभरहरुकाे लागि विश्रामकेन्द्र, ७० ओटाभन्दा बढी ट्रकहरु पार्किङ गर्न मिल्ने, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र तथा सहुलियत क्यान्टिनकाे पनि व्यवस्था छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतकाे टकीशिनवारीमा अवस्थित उपाय स्टेशन नेपालकाे पहिलाे विश्राम केन्द्र हाे । याे स्टेशनमा सामान वितरण र भण्डारणकाे पनि व्यवस्था गरिएकाे छ ।

शुक्रबार विराटनगरमा उपाय स्टेशनकाे उद्घाटन गरी उपायका सञ्चालक तथा सह-संस्थापक रन्जिव श्रेष्ठले उपायका तीन सेवाहरुकाे बारेमा चर्चा गरे ।

उनका अनुसार उपाय स्टेशनमा प्रविधिकाे मद्दतबाट दुई पांग्रेदेखि २१ टनकाे ट्रकसम्मकाे गाडी नेपालका ठूला शहरमा बुक गर्न सकिनेछ ।

यसैगरी, साना पार्सल, क्युआर काेड र सबै खालका सामान नेपालभर प्रत्येक ग्राहककाे घर दैलाेमा पर्‍याउने, अन्तर्राष्ट्रिय मापदण्डकाे सुविधासम्पन्न गाेदाम व्यवस्थापन, भण्डारण र माग अनुसारकाे वितरण सुविधा प्रदान गरिने छ ।

उनले भने, ‘प्रविधिकाे माध्यमबाट ढुवानी व्यवसायलाई डिजिटलाइज, सहजीकरण गरी सबै लजिस्टिक क्षेत्रकाे सुदृढीकरण गर्ने याेजना उपायकाे रहेकाे छ ।’

पूर्वाधार विकासकाे सन्दर्भमा, उपाय नेपालका ६० भन्दाबढी सहरहरूमा आफ्ना शाखाहरू छ । आगामी वर्षहरुमा आफ्ना शाखाहरु, फ्रेन्चाइज साझेदारहरू, उपाय स्टेशनहरू र अन्तर्राष्ट्रिय स्तरकाे भण्डारण केन्द्रहरुमार्फत नेपालका सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य उपायले राखेेकाे छ ।

उपाय एक नाफामुलक संस्थामात्र नभएर सम्पूर्ण लजिस्टिक क्षेत्र र ड्राइभर पार्टनरहरुकाे जीवनस्तर उकास्ने तथा सामाजिक मूल्य प्रभाव सिर्जना गर्ने कम्पनी भएकाे दाबी पनि कम्पनीकाे रहेकाे छ ।

उपायले डाेल्मा इम्प्याक्ट फण्ड जस्ता लगानीकर्ता, युकेएड/स्वीसअकाउन्ट जस्ता विकास साझेदारहरुकाे सहयाेगमा ड्राइभर पार्टनरहरुला लागि राेजगारीका अवसर, प्राविधिक दक्षताकाे तालिम पनि प्रदान गर्दै आइरहेकाे छ ।

उपाय नेपालमा प्रविधिकाे प्रयोगद्वारा गुणस्तरीय ढुवानी सेवा तथा लजिस्टिक समाधानहरु प्रदान गर्न सक्षम अग्रगामी लजिस्टिक्स कम्पनी हाे । उपाय २०१८ मा स्थापना भएको थियाे । उपायले नेपालमा विभिन्न व्यवसाय र व्यक्तिहरुकाे आवश्यकता लक्षित चारवटा विभिन्न पक्षमा लजिस्टिक्स सेवा उपलब्ध गराइरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१