
काठमाडौं । चर्चित अमेरिकी युट्युब स्टार एयरर्याकले अहिलेसम्मकै ठूलो पिज्जा तयार गरी गिनिज बुकमा नाम लेखाएका छन् ।
एयरर्याकले १३ हजार ९९० वर्गफिट आकारको भिमकाय पिज्जा तयार गरेका हुन् ।
उनको उक्त पिज्जाले यसअघिको १३ हजार ५८०.२७ वर्गफिट क्षेत्रफलको पिज्जाको किर्तिमान तोडेको छ । उक्त पिज्जा सन् २०१२ मा इटालीको रोममा तयार पारिएको थियो ।
अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा तयार पारिएको उक्त किर्तिमानी पिज्जाले विश्व किर्तिमान कायम गरेसँगै टुक्रा टुक्रा पारेर च्यारिटीहरुलाई वितरण गरिएको थियो ।
यो विशालकाय पिज्जा तयार गर्न ६ हजार १९२ केजीभन्दा धेरै पिठो, करिब २ हजार २४४ केजी गुलियो मेरिनारा सस, करिब ३ हजार ९९१ केजी चिज र ६ लाख ३० हजार भन्दा धेरै पेप्पेरोनीका टुक्रा प्रयोग गरिएको थियो ।