
काठमाडौं । मंगलबार दुई छोरासहित नवलपरासीको गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन्।
कम्मरमा छोराहरुलाई बाँधेर हाम फालेकी आमा र छोराहरुको शव भेटिएको हो ।
नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेकी थिइन् ।
हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि १ सय मिटर तल उनीहरू मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार आफ्ना दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बांधेर नहरमा हाम फालेकी थिइन् । महिलाको मानसिक सन्तुलन असामान्य रहँदै आएको स्थानीयले बताएका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
प्रहरीले २९ वर्षीया थारूले के कारणले छोरासहित आत्महत्या गरिन् भन्नेबारे अनुसन्धान हुँदै गरेको जनाएको छ ।