काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।
मुल पूजारीबाट पूजा गरेपछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सम्मानपत्र र मायाको चिनो प्रदान गरेको छ ।
कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार गईकी हुन् ।