• २०८३ असार २३
  • 2026 July 07, Tuesday

म्याच फिक्सिङ मुद्दाका तीनै जना धरौटीमा छुट्ने

काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।