काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला ओली निवास बालकोटमा एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच करिब एक घण्टा छलफल भएको हो ।
राजदूत श्रीवास्तव र ओलीबीच भारत नेपाल सम्बन्ध मैत्रीपूर्ण र वर्तमान नेपाली राजनीतिक सेरोफेरोमा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।
राजदूत श्रीवास्तव राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा उच्च पदस्थ व्यक्तीहरुसँगको भेटमा सक्रिय हुनुले भारतको ईशाराले नेपालको राष्ट्रपति चुनिने पो होकी भन्ने सङ्काको विषय बनेको छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन फागुन १३ गते छ भने निर्वाचन २५ फागुनमा छ ।