काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि बिहान बस्ने भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।
उनकाअनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ।
यस्तै, राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारको रुपमा चर्चामा छन् ।