• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । प्रतितोला ५ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।