काठमाडौं । पुरानो गठबन्धनको बैठक सकिएको छ । अब बैठक पाँच बजे बस्ने छ ।
बालुवाटारमा चार दलको बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताए ।
थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ-आफ्नो प्रस्ताव राखेका छन् । उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् । आफ्नो आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका हुन् ।