पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो ।

दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१