• २०८३ असार १०
  • 2026 June 24, Wednesday

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रपतिका लागि दुई पूर्वसभामुख निर्वाचनमा होमिने भएका छन् ।

आठ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा हुने भएको हो ।

पौडेल २०५१ सालमा प्रतिनिधिसभाको सभामुख भएका थिए । नेम्वाङ ४ पटक सभामुख भईसकेका छन् । उनी नेम्बाङ २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सभामुख भएका थिए भने २०६४ मा व्यवस्थापिका संसद सभामुख, २०७० मा सभामुख र २०७२ मा उनी रुपान्तरित व्यवस्थापिका सभामुख भएका थिए ।

नेम्बाङ २०६५ सालमा संविधानसभा अध्यक्ष समेत भएका हुन् । पौडेल कांग्रेसका वरिष्ठ नेता हुन् भने नेम्वाङ एमालेका वरिष्ठ उपाध्यक्ष हुन् ।

पौडेल संस्कृतमा शास्त्री हुन् भने नेपालीमा एम.ए गरेका छन् । नेम्वाङ कानुनमा स्नातकसम्म गरेका छन् ।