
काठमाडौं । कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको शतकमा यूएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको योगफल तयार पारेको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १२५ रनको अविजित इनिङ खेले । उनले १ सय १७ बलमा ९ चौका र तीन छक्का प्रहार गरे ।
ओपनर अर्जुन कुमालले १ सय १२ बल खेल्दै १ सय ८ रन योगदान गर्दा अर्का ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए । विशाल विक्रम केसी २३ रनि र दीपक बोहरा १९ रनमा पभेलियन फर्किए भने दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे ।
विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।