ग्रिसमा २ वटा रेल एक-आपसमा ठाेक्किए, ३२ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

काठमाडाैं । ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । तीव्र गतिमा रहेका दुबै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ ।

रेल ठोक्किएपछि यात्रुवाहक रेलका चार डिब्बामा आगो लागेको थियो । धेरै यात्रुहरू जलेका थिए । दुर्घटनामा परी ८५ यात्रु घाइते भएका छन् ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको समाचारमा जनाइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१