• २०८३ असार १०
  • 2026 June 24, Wednesday

प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने बताएका छन् ।

गृहनगर सुर्खेत आएका उपसभापति खडकाले सो सहमति अनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको खड्काले जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाईरहेको बेला उपसभापति खडकाले उक्त कुरा बताएका हुन ।