विष सेवन गरेपछि शर्मिला वाइवा अस्पतालमा भर्ना

काठमाडौं । शर्मिला वाइवाले विष सेवन गरेकी छन् । सामाजिक सञ्जालमा भाइरल अभियन्ता वाइवाले विष खाएको असपताल स्रोतले जनाएको छ ।

उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।

राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् ।

उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१