• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पिताले गरे ढुंगा प्रहार गरी तीन वर्षीया छाेरीकाे हत्या

काठमाडौं । बाग्लुङमा एक पिताले आफ्नो तीन वर्षीया छोरीको हत्या गरेका छन् ।

ती वर्षीया अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भइ जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।