
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ ।
चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झपड भएको हो ।
झपडमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् ।
उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफूहरूमाथि आक्रमण गरेको उनीहरूको भनाइ छ ।
इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाइ छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेकाे थियाे ।