फेवातालमा डुंगा पल्टिएर डुबेका छ जनाको उद्धार, एक जना गम्भीर घाइते

काठमाडौं । फेवातालमा शनिबार दिउँसो अत्याधिक हावाहुरीका कारण डुंगा पल्टिँदा एक जना गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय वृद्धा याममाया गिरी छ्न् ।

शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए । उनका अनुसार डुंगा ६ सवार ६ जनाको उद्धार गरिएको छ ।

घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार डुंगामा गिरीसहित ६ जना सवार थिए । बाँकीको अवस्था भने सामान्य छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१