अमेरिकी एयरलाइन्सको जहाजभित्र एक यात्रीले अर्का यात्रीमाथि पिशाव फेरिदिए

काठमाडाैं । अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकी एयरलाइन्सको जहाजभित्र एक यात्रीले अर्का यात्रीमाथि पिशाव फेरिदिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पीटीआईका अनुसार पिशाव फेरिदिने ती यात्रु अमेरिकी युनिभर्सिटीमा पढ्ने विद्यार्थी हुन् । उनी मदिरा पिएर मातेको अवस्थामा थिए ।

जब उनी निदइरहेका थिए, तब उनले अर्का यात्रुलाई पिशाव फेरिदिएका हुन् । उक्त जहाज शनिबार राति दिल्लीमा अवतरण गरेकाे थियाे ।

एयरलाइन्सले यस मामिलालाई गम्भीरतापूर्वक लिएर एयरपोर्टमा जहाज अवतरण भएपछि एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका थिए ।

जहाज अवतरण हुनेबित्तिकै सीआईएसएफले अभियुक्तलाई पक्राउ गरेर पुलिसमा बुझाइदिएको छ । पुलिसले यो घटनामा दुवै व्यक्तिको बयान लिएर जाँच अघि बढाएको छ ।

इन्दिरा गान्धी विमानस्थलका डीएसपीले अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्का यात्रीलाई पिशाव फेरिदिएको उजुरी आएको बताएकाे समाचारमा जनाइएकाे छ ।

उनले अभियुक्तको पहिचान गरिएको भन्दै कानुनी कारवाही अघि बढाइसकेको उल्लेख गरेका छन् ।

केही महिनाअघि पनि एक जहाजमा यात्रुमाथि पिशाव फेरिदिएको घटना सार्वजनिक भएको थियो । यो घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१