पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा यूएई ९७ रनमै अलआउट भएकाे छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्याे ।

यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद साेपरले ३ विकेट लिए ।

याे शृङ्खलामा नेपालले भाेलि साेमबार यूएईसँग र आउँदाे बिहीबार पीएनजीसँग खेल्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१